हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा | Khabarhub Khabarhub

हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले जानकारी दिएका छन् ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारूपमा रहेको हलेसीमा लाग्ने मेलाई बृहत् बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ ।

बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।

मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईंचो लाग्न थालेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कोभिड–१९ को महामारीपछि हलेसीमा हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भए यता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन ।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा नेपालको सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : ३५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत