संखुवासभाको हेदाङ्नाबाट अवैध काठ बरामद « Khabarhub

संखुवासभाको हेदाङ्नाबाट अवैध काठ बरामद


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–३  हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए ।

मंगलबार किमाथाङ्का बाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १ सय ४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १० : ३४ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं