संखुवासभाको हेदाङ्नाबाट अवैध काठ बरामद « Khabarhub

संखुवासभाको हेदाङ्नाबाट अवैध काठ बरामद


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–३  हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए ।

मंगलबार किमाथाङ्का बाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १ सय ४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १० : ३४ बजे

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रको निर्माणमा सबैको सहकार्य आवश्यक रहेको पर्ने राष्ट्रपतिको

भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा

काठमाडौँ- भारत र बंगलादेशबीच अन्तरदेशीय पाइपलाइन सञ्चालनमा आएको छ ।