संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए ।
मंगलबार किमाथाङ्का बाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १ सय ४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।