नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण, कम्तीमा ७९ जनाको मृत्यु « Khabarhub

नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण, कम्तीमा ७९ जनाको मृत्यु


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।

मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा अन्य १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ । सोही क्षेत्रको जाराउम्डारेमा भएको हमलामा ३० जनाको मृत्यु भएको छ ।

जुन इलाकामा सन् २०१७ देखि अपातकाल लागू छ। घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ४५ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ