तीन दिन वर्षा र हिमपातको पूर्वानुमान | Khabarhub Khabarhub

तीन दिन वर्षा र हिमपातको पूर्वानुमान

चिसो अझ बढ्छ, सावधानी अपनाउनोस्- मौसम पूर्वानुमान महाशाखा


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर पश्चिमी वायुको प्रभाव कायमै रहकाले आजदेखि मंगलबारसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तीन दिनसम्म हिमपात र वर्षा हुँदा तापक्रम घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

‘तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ भने प्रदेश नं १ र २ मा आंशिक मात्र बदली छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा गरिएको तीन दिनको पूर्वानुमान विवरण यस्तो छ-

पुस १९ गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम प्रदेश र  कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी र  बागमती प्रदेशका उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरु तथा बागमती र प्रदेश न. १को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी र  बागमती प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम , कर्णाली, गण्डकी, बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै  सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : २० बजे

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै