निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक « Khabarhub

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा बेचेपछि उनको नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको हो ।

सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काका अनुसार केन्द्रले जिल्लास्थित सबै नर्सरीको सूची बनाएर बोटबिरुवा बिक्रीका लागि सहजीकरण पनि गरिरहेको छ । उनले भने, ‘सो निजी नर्सरीबाट १४० ओटा ओखरका बोट ल्याएकोमा ती सबै बोट हाडे ओखरका रहेका पाइएको छ ।’

हाडेओखरको बोटमै चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेर दाँते ओखरको बिरुवा भन्दै सुक्खा फलफूल विकास केन्द्रमा ती बोटहरु पुर्‍याइएको थियो ।

ती बोटहरु हेर्दा सबै हाडेओखर भएकाले नर्सरीधनीलाई फिर्ता गरेको र अबदेखि सो नर्सरीबाट कारोबार नगर्ने खड्काले बताए ।

उनले भने, ‘हाडे ओखरमा चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेको रहेछ । हामीले बिरुवा हेर्दा मात्रै थाहा पायौँ ।’

बैतडीको बिरुवा देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरेकाले यस्तो ठगी कार्य नगर्न केन्द्रले सबै नर्सरीलाई सचेतसमेत गराएको छ ।

यस्तो भेटिएमा कानूनअनुसार कारवाहीसमेत हुने केन्द्रले जनाएको छ ।

बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले आफूले थाहा नभएर बिजु ओखरको बोटमा बिजुको हाँगा कलमी गरेको जिकिर गरे ।

उनले भने, ‘मैले बिक्री गरेका बिरुवा फिर्ता लिइसकेको छु, थाहा नभएर यस्तो हुन गएको हो ।’

बैतडीमा २० भन्दा बढी निजी नर्सरी र सुक्खा फलफूल विकास केन्द्रबाट बर्सेनि हजारौँ हिउँदे तथा बर्खे फलफूलका विरुवा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ८ : ४० बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता