यूएई पुर्‍याएर अलपत्र पारिएकी महिलाद्वारा साइबर ब्यूरोमा उजुरी « Khabarhub

यूएई पुर्‍याएर अलपत्र पारिएकी महिलाद्वारा साइबर ब्यूरोमा उजुरी



दोहा– राम्रो रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुर्‍याई दलालले अलपत्र पारेको भन्दै एक नेपाली महिलाले काठमाडौँस्थित साइबर ब्यूरोमा निवेदन दिएकी छन् । निवेदनमा उनले आफ्नो उद्धारका लागि आग्रह गरेकी छन् ।

स्याङ्जाकी ललिता पुन थापाले काठमाडौँको सुकेधारा घर भएका राम राउतले घरायसी काम गर्ने कम्पनीमा काम लगाई दिने भनेर यूएई पुर्‍याएको र एक अरबीको घरमा १२ हजार दिराममा बिक्री गरेको निवेदनमा उनले लेखेकी छन् ।
आफूलाई चाँडो उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध पनि गरेकी छन् ।

‘यहाँ आएको केही दिनपछि मात्र आफू अरबी सेखको घरमा बेचिएको थाहा पाएँ । अहिले दिनहुँजसो शारीरिक, मानसिक हिंसा र विभिन्न यातना खेपिरहेकी छु,’ उनले ब्यूरोलाई दिएको उजुरीमा लेखेकी छन् ।

उनले जीवन निकै कष्टपूर्ण बन्दै गएकाले उद्धार गरिदिन, आपराधिक गतिविधिमा सामेल सबैलाई कारबाही गर्न र आफूलाई न्याय दिलाउन आग्रह गरेकी छिन् ।

यसरी पुगिन् यूएई
ललिताका अनुसार उनी मार्च ६ तारिख २०२० मा एजेन्ट राम राउतमार्फत उनी यूएई पुगेकी थिइन् । त्यहाँ पुगेको केही दिनमै एजेन्टले उनलाई अरबीको घरमा काम लगाइदिए तर घरको काम गर्न नजानेको भन्दै मालिकले कुटपिट गरे ।

ललिताले भनिन् ‘म अरबीको घरमा १२ हजार दिराममा बेचिएकी रहिछु । मलाई पछि त्यो अरबीले खाना पकाउन आउँदो रहेनछ भनेर कुटपिट गर्दै तीन महिनापछि कामबाट निकालिदियो अनि मात्र थाहा भयो मलाई त दलालले बेचेको पो रहेछ ।’

तीन महिना काम गरे पनि एक महिनाको मात्र पारिश्रमिक पाएको उनले बताइन् । उनले भनिन्, ‘काम छोडेको तीनचार दिनपछि एजेन्टलाई अब त्यो अरबीको घरमा काम गर्दिनँ, मलाई मेरो पासपोर्ट दिनू भनेर आग्रह गर्दा १२ हजार दिराम दिएमात्र पासपोर्ट दिने नत्र नदिने भन्यो ।’ उनलाई एजेन्टले फ्री भिसा फ्री टिकट भन्दै यूएई पुर्‍याएको बताइन् ।

ललिताका अनुसार उनका श्रीमानलाई पनि उही दलालले भिजिट भिसामा २ लाख १६ हजार रुपैयाँ लिएर दुबई पुर्‍याएको थियो । श्रीमानपछि उनी गएकी थिइन् । उनले भनिन्, ‘एजेन्टले कहिले १२ हजार त कहिले ६ हजार दिराम दिए मात्र पासपोर्ट दिन्छु भन्छ ।’

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईमा उद्धारको लागि सहयोग माग्दै दुई पटक निवेदन दिँदा पनि कुनै सुनवाइ नभएको ललिताको गुनासो छ । यूएईस्थित नेपाली दूतावासमा भने जानकारी नदिएको उनले बताइन् ।

उनलाई यूएईमा रिसिभ गर्ने राम राउतले गरिब परिवार भएकोले आफूले भिजिट भिसामार्फत कुनै शुल्क नलिई यूएई ल्याएर काममा लगाइदिएको बताए ।

‘म यूएईमा ट्राभल सञ्चालन गरेर बसेको चार वर्ष भयो, अहिलेसम्म कुनै नराम्रो गरेको छैन, गरिब भनेर सहयोग गर्दा यस्तो आरोप भोग्नुपर्‍यो,’ उनले खबरहबसँग कुरा गर्दै भने, ‘मैले कसैलाई पनि बेचेको होइन, काममात्र लगाइदिएको हो । मैले पैसा पनि मागेको छैन ।

आफूले कसैलाई पनि धम्की नदिएको रामको भनाइ छ । ललिताले आफैँ काम छोडेको र पासपासपोर्ट माग्दा यूएई अध्यागमन विभागमा गएर लिनू भनेको पनि उनले बताए ।

(पीडित ललिता पुन थापाको नाम र तस्वीर उनकै आग्रहमा सार्वजिक गरिएको हो । –प्रधान सम्पादक)

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ४ : ५७ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले