पर्यटक आगमन नहुँदा घरबास सुनसान « Khabarhub

पर्यटक आगमन नहुँदा घरबास सुनसान


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ ।

पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाकोे आगमन कमी आएपछि सुनसान बन्दै गएको हो ।

बास बस्न आएका पाहुनालाई प्रदान गरिएको सेवाबाट प्राप्त आयले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९को समस्या उत्पन्न भएसँगै बृद्विम घरबास प्रभावित भएको सञ्चालक बताउँछन् ।

बृद्विम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान एवं तातोकपडा वितरण र एकीकृत शिविरको माध्यमबाट गोसाइँकुण्ड गाउँपालिकाले घरबास क्षेत्रका सबै नागरिकलाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण समेत सम्पन्न भएको छ । यसपछि आगामी दिनमा पाहुँना आउने आशा पलाएको व्यवसायी बताउँछन् ।

स्वास्थ्यमा दीर्घरोगबाहेक नयाँ नौलो रोगको लक्षण नभेटिएको स्वास्थ्य शिविरका अगुवा डा दिपेन लामाले जानकारी दिए ।

घरबास व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा कोरोनाको समस्या नदेखिको हुँदा पाहुँनालाई प्रदान गरिँदै आएका सेवा दिन यहाँका व्यवसायी तयार रहेको जानकारी दिए । उनले बृद्विम क्षेत्रको भ्रमण गरिदिन आग्रह समेत गए ।

गोसाइँकुण्ड –३ मा पर्ने बृद्विम गाउँ जान स्याफ्रुबेँसीबाट करिब तीन घण्टाको पैदल दूरीको उकाली पार गर्दासाथ पुग्न सकिन्छ । पछिल्लो समय मोटरबाटो ट्र्याकसमेत खुलिसकेको छ ।

घरबासमा आएका पाहुँनालाई स्थानीयस्तरमा उत्पादित मकै, कोदो, जौ, आलु , सागसब्जी, जस्ता अर्गानिक कृषि उपजबाट तयार गरिएका खानाको परिकार भोजन गराउँदै आइएको छ ।

घरबासमा बास बस्न जानेलाई गाउँको सिरानमा अवस्थित बौद्यगुम्बाको प्राङ्गढमा भेला गराई स्थानीय वेषभूषाबाट सुशोचित समूहले पहिलो स्वागत गर्ने र ती पाहुँना कुनकुन घरमा राख्ने समितिले तोकेपछि पाउनालाई बासस्थानमा लाने चलन रहेको छ ।

बृद्विम क्षेत्रमा धानखेती नहुने भएकाले भातका लागि चाहिने चामल भने अनेत्रबाट ल्याउनुपर्ने बताइन्छ ।

बृद्विम घरबासमा जाने पाहुँनालाई स्थानीय भेषभूषा, तामाङ सेलोको नाचगान र स्थानीय खानाले स्वागत गर्ने गरिएको छ । यसैगरी यहाँका उकाली ओराली, भञ्ज्याङ चौतारी, वन वनस्पति, झर्ना र पहाडजस्ता विविध सम्पदाले पाहुँनालाई आकर्षित बनाउने गर्दछ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : ५० बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ