विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ? « Khabarhub

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउने तय भएको छ । कलाकार विल्सनविक्रम राईको डेब्यू निर्देशनमा बनेको फिल्म ‘मैझारो’ कात्तिक ७ गते प्रदर्शनमा आउँदैछ ।

विल्सन ‘सोल्टिनी’का शीर्ष कलाकार हुन् । सोहीकारण उनी फिल्म ‘को ’सोल्टिनी’को कथा र कन्टेन्टबारे जानकार छन् । यो अवस्थामा विल्सनले ‘सोल्टिनी’भन्दा एक दिनपछि अर्थात् कात्तिक ७ गते ‘मैझारो’ प्रदर्शनमा ल्याउन लागेका हुन् ।

‘सोल्टिनी’ फिल्मलाई कमजोर ठानेर उनले आफ्नो फिल्म जुधाउन लागेको भन्ने कोणबाट पनि चर्चा भएको छ । केहीले त हेपेरै उनले यो कदम लिएको भन्नसमेत भ्याएका छन् ।

‘सोल्टिनी’काे ट्रेलर रिलिज कार्यक्रममा सोमबार विल्सनले याे टिप्पणीकाे सिधै अस्वीकार गरे ।

उनले भने, ‘पहिलो त हामी जुध्न लागेको होइन । दोस्रो मैले यसलाई कमजोर ठानेर आफ्नो निर्देशन रहेको फिल्म तिहारमा रिलिज गर्न खोजेको हुँदै होइन । यो फिल्मसँगै आउने मेरो योजना नै थिएन ।’

‘सोल्टिनी’ असोज ३ मा प्रदर्शनमा आउने तय भएकै अवस्थामा आफूले ‘मैझारो’को प्रदर्शन मिति लक गरेको उनको दाबी छ ।

तर, भदौ २० गते विल्सनले ‘मैझारो’को प्रदर्शन मिति कात्तिक ७ लाई तोकेका हुन् । त्यसअघि नै अर्थात् भदौ १३ गते ‘सोल्टिनी’ टिमले प्रदर्शन मिति कात्तिक ६ लाई तोकिएको थियो । सतही रुपमा हेर्दा विल्सन नै ‘सोल्टिनी’सँग जुध्न गएको देखिन्छ ।

तर, उनले यसबारे पनि स्पष्टीकरण दिएका छन् । उनले भने, ‘म तिहार रिलिज डेट तय गरेरै छायाङ्कनमा गएको हो । सार्वजनिक गरेको थिएनौँ । त्यसबेला सोल्टिनी असोज ३ मा आउने बताइएको थियो । पछि यसको डेट सर्‍यो । मैले पूर्वनिर्धारित मितिमा नै फिल्म प्रदर्शनमा ल्याएको हो ।’

प्रकाश सपुत र परीक्षा लिम्बू शीर्ष भूमिकामा रहेको फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति पहिलो असोज ३ मा तोकिएको थियो । यो मितिमा जारी २ प्रदर्शनमा आउने भएपछि ‘सोल्टिनी’ले प्रदर्शन मिति हेरफेर गरेको हो ।

‘सोल्टिनी’का निर्देशक अर्जुन सुबेदी हुन् । यस्तै ‘मैझारो’मा नायक धिरज मगर, नायिकाहरु मिरुना मगर र दिया पुन शीर्ष भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ८ : २९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित