नेप्सेमा उछाल : ६ अर्ब ३४ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्सेमा उछाल : ६ अर्ब ३४ करोडको कारोबार


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।

साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८.१२ बिन्दुले बढेर दुई हजार १७५.३९ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक १७.१८ बिन्दुले उकालो लागेर ४१५.८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका एक करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर रु छ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ मूल्यमा कारोबार भएको छ । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरण रु २९ खर्ब २७ अर्ब २७ करोड २९ लाख बराबर पुगेको छ ।

लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ७०.९२, व्यापार २२१.५७, होटल ३४.८४, विकास बैंक ४६.१, जलविद्युत् ३८.९३, वित्त ७.६६, निर्जीबन बीमा २६८.४२, उत्पादन २६४.४४, अन्य १०३.४४, लघुवित्त ७७.६, जीवन बीमा ५५०.९५ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो । यस्तै प्राइम बैंक रु ५० करोड २६ लाख दुई हजार ७९८, नेपाल दूरसञ्चार कम्पनी रु ४५ करोड सात लाख ९१ हजार १०१, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ५२ लाख ५९ हजार ५१४, एनआइसि एशिया बैंक रु २७ करोड ३७ लाख ९६ हजार ७७९, एभरेष्ट बैंक रु १९ करोड १७ लाख ५० हजार ६७८, शिवमु सिमेन्ट रु १९ करोड एक लाख ६४ हजार ७९९, प्रभु बैंक रु १८ करोड ८६ लाख २६ हजार २८९ र नबलि बैंक रु १६ करोड ८१ लाख नौ हजार ६८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोबार भएका कूल कम्पनीमध्ये १५२ कम्पनीको शेयर उकालो लागेको छ भने १४ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै आठ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, हिमालयन डिस्टिलरी १०, नेपाल पुनरबीमा कम्पनी ९.९७, प्राइम बैंक ९.८६, कुमारी बैंक ९.१३, गुराँस लघुवित्त ९.११, नेशनल माइक्रोफाइनान्स ९.११, आशा लघुवित्त ८.१२, नेपाल दूरसञ्चार कम्पनी ७.७८ र सिटिजन बैंकका लगानीकर्ताले ७.०९ प्रतिशतले कमाए ।

त्यस्तै राधी विद्युत् कम्पनी ४.२९, शिवश्री हाइड्रोपावर ३.२९, युनाइटेड फाइनान्स ३.२३, बुटवल पावर २.२२, नेपाल इन्भेस्टमेन्ट बैंकको डिवेञ्चर २.०, छ्याङदी हाइड्रोपावर १.९४, नेपाल एबिआई डिवेञ्चर १.८८ र रिलायन्स फाइनान्सका लगानीकर्ताले १.२० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ५ : २६ बजे

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी – भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक

आफ्नो गिरफ्तारीसम्बन्धी समाचार ‘डिलिट’ गर्न भरत जंगमको माग

काठमाडौं– सहकारी सञ्चालक भरतमणि जंगमले आफ्नो गिरफ्तारीबारे प्रकाशित समाचारहरु डिलिट

आलमलाई सफाइ दिने दुवै न्यायाधीश सर्वोच्च तानिए, छानबिन थालियो

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत

स्वस्तिक लघुवित्तले पायो आईपीओ बिक्री गर्ने अनुमति 

काठमाडौं– स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा