नेकपा स्थायी कमिटी बैठक : नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन (भिडियोसहित) « Khabarhub

नेकपा स्थायी कमिटी बैठक : नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (दाहाल–नेपाल) पक्षले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपालको संयोजकत्त्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य छन् ।

बैठकले संसद् विघटनविरुद्ध शनिबार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन गरेको छ ।

बैठक भोलि दिउँसो पुनः १ बजे बस्ने गरी सकिएको हो । सोमबारको बैठकमा संसद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै दाहाल-नेपाल पक्ष आन्दोलनरत छ ।

दाहाल-नेपाल समूहले संसद विघटनको कदम असंवैधानिक भन्दै पुनस्थापनाको माग गर्दै आएको छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ६ : ०१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ