वुहानमा कोरोना महामारीबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई जेल सजायको ईयूबाट आलोचना, तत्काल छाड्न माग « Khabarhub

वुहानमा कोरोना महामारीबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई जेल सजायको ईयूबाट आलोचना, तत्काल छाड्न माग


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– युरोपेली संघ (ईयू) ले कोरोना भाइरसको उद्गमस्थल मानिने चिनको वुहानमा कोरोना भाइरसको महामारीबारे समाचार लेख्ने एक पत्रकारलाई चीनले चार वर्षको जेल सजायको फैसला गरेकोमा भत्सर्ना गर्दै तत्काल रिहाईको माग गरेको छ।

कोरोनाको उद्गमस्थल मानिएको वुहानबारे उनले खबर लेखेकी थिइन् । वुहानबारे खबर लेखेकै कारण उनीसहित अन्यलाई पनि चीनले निशाना बनाएको छ ।

(ईयू) को विदेश मामिला हेर्ने निकायका प्रवक्ताले बिज्ञप्ती जारी गर्दै चिनियाँ पत्रकार तथा पूर्व वकिल जाङ्ग जानलाई समाचार लेखेकै आधरमा चार वर्ष जेल सजाय सुनाएकोमा भत्र्सना गरेका हुन। ३७ वर्षीय जानलाई गत मे मा प्रहरीले गिरफ्तारी गरेको थियो। उनी केही महिना भोकहड्तालमा समेत बसेकी थिइन् ।

ईयूले उनको पक्राउ र जेल सजायको भत्र्सना गर्दै भनेका छ– चीनमा पत्रकार मानवअधिकारबादी तथा नागरिक समाजमा आबद्ध व्यक्तिहरुमाथीको अभिव्यक्ति स्वतन्त्रताको हनन, सूचनामा पहुँच पुर्‍याउन अबरोध, पत्रकारमाथीको धम्की र निगरानी चिन्ता बिषाय र निन्दनीय रहेको छ। बिज्ञप्तीमा उनको अबस्था अवस्था कमजोर रहेको पनि जनाइएको छ।

उनी गत फेब्रुअरीमा वुहान गई महामारीबारे रिपोर्टिङ्ग गर्ने गरेकी थिइन् । उनका रिपोर्टले सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चामा आएपछि चिनियाँ अधिकारीले उनलाई गिरफ्तार गरेका थिए।

उनी मे १४ मा वुहानबाट हराएकी थिइन् भने पछि सांघाई प्रहरीले पक्राउ गरेको जनाइएको थियो ।

स्रोतः जस्ट अर्थ न्यूज

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १ : ३१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल