संसद विघटन र नेकपा फुटको प्रमुख कारण प्रचण्डको 'आरोप पत्र' : महासचिव पौडेल (भिडियोसहित) | Khabarhub Khabarhub

संसद विघटन र नेकपा फुटको प्रमुख कारण प्रचण्डको ‘आरोप पत्र’ : महासचिव पौडेल (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताएका छन् ।

उनले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताए ।

उनले भने, “सत्ता, शक्ति र पदीय महत्वाकांक्षाकै कारण पार्टीमा समस्या सिर्जना भएको हो ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले नेकपामाथि कुनै बाहिरका व्यक्तिले नभएर पार्टी भित्रैबाट धारिलो हतियार प्रहार हुँदा फुटको अवस्थामा पार्टी पुगेको बताए ।

हेरौँ भिडियो

उनले कम्युनिष्ट आन्दोलनको गतिलाई अध्यक्ष प्रचण्डको बैठकभित्र एउटा निर्णय गर्ने र बाहिर अर्कै कुरा गर्ने गरेकाले पार्टी एकतालाई बचाउन नसकिएको समेत बताए ।

उनले भने , “प्रचण्डले बैठकमा पार्टी एकताको सहमति गर्ने तर बाहिर निस्कनासाथ प्रधानमन्त्रीको सपना देख्ने, एकल अध्यक्षको आकांक्षा राख्ने गरेकाले समस्या आएको हो ।”

पौडेलले वर्तमान सरकारले पार्टीभित्रबाट असहयोग हुँदा पनि तीन वर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल गरेको जानकारी दिए ।

उनले निर्वाचन नहुने भ्रममा नरहन कार्यकर्तालाई आग्रह गर्दै आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाईसहित बहुमत दिलाउने हिसाबले क्रियाशील हुन पार्टीका अगुवा कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी स्थायी कमिटी सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले पार्टी एकताको मुख्य आधार सहमतीय पद्धतिलाई भत्काएर सहमति विपरीत समीकरण निर्माण गर्नुले नै एकताको आधार भत्किएको बताए ।

उनले निर्वाचन हुने विषयमा कुनै पनि आशंका नगर्न अनुरोध गर्दै राष्ट्रले सही निकास पाउने र समृद्ध राष्ट्र निर्माणका लागि निर्वाचनको विकल्प नरहेको स्पष्ट पारे ।

पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएका आरोपसहितको अभियोग पत्र नै विभाजनको प्रमुख कारण रहेको बताए ।

उनले अभियोग पत्रमा छलफल हुन सक्ने ठाउँनै नरहेको र उक्त अभियोग पत्र निषेधको उद्देश्यले ल्याइएको उल्लेख गरे । उनले भने, “आरोपपत्र फिर्ता गरेको भए पार्टी एकता बचाउन सकिन्थ्यो ।”

पार्टी जिल्ला संयोजक शिवराज सुवेदीका अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज दधिराम न्यौपाने, पार्टीका नेता भोजप्रसाद श्रेष्ठ, पार्टी नेतृ पुष्पाञ्जलि उपाध्यायलगायतले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : १० बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा