किन खाने काँचो फलफूल तथा तरकारी ? « Khabarhub

किन खाने काँचो फलफूल तथा तरकारी ?


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ ।

१. फल
अधिकांश फल काँचो खान सकिन्छ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ । यसमा क्यालोरी कम हुनुका साथै पर्याप्त फाइबर मिल्दछ । साथै पाचन यन्त्र स्वस्थ्य बनाउँछ ।

२. सागसब्जी
कति सागसब्जी पनि काँचो खान सकिन्छ । काँचो सागसब्जी मिनरल्सको राम्रो स्रोत हो । साथै पत्तेदार सब्जीमा प्रोटिनको मात्रा अधिक हुन्छ । यो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुन्छ ।

३. पोषक तत्व
कतिपय खानेकुरा पकाउँदा बढि पकाउने, नछोपी पकाउनाले यसमा भएको पोषण तत्व नष्ट हुन्छ । साथै स्वादिष्ट बनाउने चक्करमा यसमा हालेको मसला खानेकुराको पोषक तत्व नष्ट गर्दछ । त्यसैले काँचो खान मिल्ने आहार खाँदा शरीरलाई फाइदा पुग्दछ ।

४. स्वस्थ्य पाचन यन्त्र
कतिपय मानिसहरु धेरै पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुरा खान खोज्दछन् । तर यस्ता खानाले पाचन यन्त्रलाई खराब गर्छ । यदि काँचो खान मिल्ने भोजन काँचै खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सही राख्दछ ।

५. मोटोपन घटाउँछ
काँचो आहार खानाको पुरक हुन्छ । यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण चाडैँ भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । जसका कारणले शरीरमा मोटोपना घट्दै जान्छ ।

६. दाँत
काँचो आहार शरीरकासाथै दाँतकालागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाउँदा शरीरलाई पोषक तत्व मिल्नुका साथै दाँतको पनि व्यायाम हुन्छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : ५५ बजे

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित