३ दिनको मौसम : वर्षा, हिमपातको सम्भावना « Khabarhub

३ दिनको मौसम : वर्षा, हिमपातको सम्भावना


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २१ गते (बुधबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ २२ गते (बिहिबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

राति : देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने सम्भाबना छ।

माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : १२ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई