संवैधानिक निकायका पदाधिकारीले यसरी लिए शपथ (फोटो फिचर) « Khabarhub

संवैधानिक निकायका पदाधिकारीले यसरी लिए शपथ (फोटो फिचर)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले आज शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका छन्।


शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो । तर नेकपा विभाजनका कारण उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले भने सपथ समारोह बहिष्कार गरे ।

शपथ कार्यक्रम बिहान ९:२५ बजेदेखि १०:२० बजेसम्म सञ्चालन भएको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालले शपथ लिएका हुन् ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुरले शपथ लिएका हुन् ।

त्यसैगरि निर्वाचन आयोगमा आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी तुलाधरले शपथ लिएका हुन् । वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्रले शपथ लिएका हुन् । त्यसैगरि महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हाले सपथ लिएका छन् ।

दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेले पार्कीले शपथ लिएका हुन् ।त्यस्तै समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरू रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानले शपथ लिएका छन् ।

आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यहरूमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राईले शपथ लिएका छन् । मधेसी आयोगका सदस्यहरूमा जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ताले शपथ लिएका छन् ।

त्यस्तै थारू आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरीले शपथ लिएका छन् । त्यसैगरि मुस्लिम आयोगको सदस्यमा महमुद्दिम अली र मिर्जा अर्सद बेगले शपथ लिएका छन् ।

 

तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : १२ बजे

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल

पर्वतको हम्पाल र कोखेडाँडामा पर्यटकको आकर्षण बढ्यो

पर्वत- यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख