भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा « Khabarhub

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन् । उनले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय विषयमा छलफल गर्नुका साथै कोलम्बोस्थित भारतीय समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘महासागर’ पहलअन्तर्गत महत्त्वपूर्ण साझेदार रहेको बताएका छन् । भारतीय रक्षा मन्त्रालयले भ्रमणले दीर्घकालीन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुग्ने जनाएको छ ।

सन् २०२५ मा श्रीलङ्कामा आएको चक्रवात दिटवाहपछिको सङ्कटमा भारतले सहयोग गरेको थियो । भारतले सडक, रेल, पुल, आवास, स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका लागि ४५ करोड अमेरिकी डलरको पुनर्निर्माण प्याकेजसमेत विस्तार गरेको छ । भ्रमण यसअघिका उच्चस्तरीय रक्षा आदानप्रदानको निरन्तरता हो ।

गत अगस्टमा श्रीलङ्काली नौसेना कमान्डर भाइस एडमिरल डामियन फर्नान्डोले भारत भ्रमण गरी भारतीय रक्षा तथा नौसैनिक अधिकारीसँग रक्षा सहकार्य, संयुक्त तालिम र समुद्री सुरक्षाबारे छलफल गरेका थिए । दुवै देशले हिन्द महासागर क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न रक्षा तथा समुद्री सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ५ : ०६ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका