भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा « Khabarhub

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले श्रीलङ्काको तीनदिने औपचारिक भ्रमण सुरु गरेका छन् । उनले श्रीलङ्काली नेतृत्वसँग द्विपक्षीय विषयमा छलफल गर्नुका साथै कोलम्बोस्थित भारतीय समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

सिंहले श्रीलङ्का भारतको ‘छिमेकी पहिले’ नीति र ‘महासागर’ पहलअन्तर्गत महत्त्वपूर्ण साझेदार रहेको बताएका छन् । भारतीय रक्षा मन्त्रालयले भ्रमणले दीर्घकालीन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पुग्ने जनाएको छ ।

सन् २०२५ मा श्रीलङ्कामा आएको चक्रवात दिटवाहपछिको सङ्कटमा भारतले सहयोग गरेको थियो । भारतले सडक, रेल, पुल, आवास, स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका लागि ४५ करोड अमेरिकी डलरको पुनर्निर्माण प्याकेजसमेत विस्तार गरेको छ । भ्रमण यसअघिका उच्चस्तरीय रक्षा आदानप्रदानको निरन्तरता हो ।

गत अगस्टमा श्रीलङ्काली नौसेना कमान्डर भाइस एडमिरल डामियन फर्नान्डोले भारत भ्रमण गरी भारतीय रक्षा तथा नौसैनिक अधिकारीसँग रक्षा सहकार्य, संयुक्त तालिम र समुद्री सुरक्षाबारे छलफल गरेका थिए । दुवै देशले हिन्द महासागर क्षेत्रमा शान्ति, सुरक्षा र स्थिरता कायम गर्न रक्षा तथा समुद्री सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ५ : ०६ बजे

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई