उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको शपथ समारोह बहिष्कार « Khabarhub

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको शपथ समारोह बहिष्कार


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा पनि देखिएको छ ।

तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदका पदाधिकारीको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सभाभुख सापकोटा सहभागी नभएका हुन् ।

‘हामीले खबर गर्नु पर्ने सबैलाई गरेका हौँ, तर उहाँहरू किन आउनु भएन थाहा भएन,’ राष्ट्रपति कार्यालय शितल निवास स्रोतले भन्यो ।

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि ती पदाधिकारीले संसदीय सुनुवाइबिनै आज शपथग्रहण गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : २४ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने