संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल   « Khabarhub

संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल  


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले खबरहबलाई जानकारी दिए ।

‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको पत्रकार सम्मेलनमा सार्वजनिक हुन्छ, यी नियुक्ति तुरून्त फिर्ता नलिए  हामीले एक दिन दबाब दिएका हौँ त्यसबाट ब्याक नभए हामी थप कार्यक्रम ल्याउँछौँ,’ मण्डलले भने ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने उनले जनाए ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : ५२ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने