दाहाल-नेपाल समूहको अनेरास्ववियुले गर्‍यो चक्काजाम « Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियुले गर्‍यो चक्काजाम


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले मुलुकभर चक्काजाम गरेका हुन् । बुधबार बिहान काठमाडौंको मीनभवन, प्रर्दशनीमार्गलगायतका स्थानमा चक्काजाम गरिएको हो ।

कालो कपडा निधारमा बाँधेर कालो झन्डा देखाउँदै प्रदर्शन गरेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

सरकारको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : २० बजे

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा