रामकुमारी झाँक्रीलाई कारबाही गर्न अनेमसंघको माग « Khabarhub

रामकुमारी झाँक्रीलाई कारबाही गर्न अनेमसंघको माग


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्‍यक्तिगत, पारिवारिक तथा राष्ट्रपति कै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्‍यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन्।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिलाई अशोभनीय आरोप लगाउनेलाई कडा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले बताइन्।

माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : २० बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख