नाभाल्नीलाई जेल सजायको विरोधमा रूसमा प्रदर्शन, १ हजार ४०० भन्दाबढी पक्राउ « Khabarhub

नाभाल्नीलाई जेल सजायको विरोधमा रूसमा प्रदर्शन, १ हजार ४०० भन्दाबढी पक्राउ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् ।

नाभाल्नीलाई सुनाइएको तीन वर्षको जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ ।

ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको छ ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो ।

गत अगस्टमा घातक विष हालेर खुवाइएपछि  बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार भएको थियो ।

नाभाल्नीको समर्थनमा बुधवारको बिहान सवेरै रुसी शहरहरुमा जुलुस निकालेका १४ सय ८ जना पक्राउ परेका थिए । ती व्यक्तिहरु प्रायः जसो मस्को र सेन्ट पिटर्सवर्गका रहेका नागरिक अनुगमन समूह ओभीडी–इन्फोले जनाइएको छ । प्रायः लाई नाभाल्नीको सजायअघि पक्राउ गरिएको थियो ।

पछिल्ला दुई सातादेखि नाभाल्नीको गिरफ्तारीको विरुद्ध हजारौं देशव्यापी प्रदर्शनमा सामेल भएपछि नाभाल्नीका समर्थकहरूले यस निर्णयको विरोधमा अझ बढी प्रदर्शनको आह्वान गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ३ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना