पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण हुँदै « Khabarhub

पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण हुँदै


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा आधुनिक भवन निर्माण भइरहेको छ ।

आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिम चरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।

भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको रु सात करोड सहयोगमा प्राचीनशैलीको भवन निर्माण अन्तिम चरणमा पुगेको हो ।

आश्रममा गाई, ब्राह्मण, अतिथि र दरिद्र नारायणको समेत सेवा हुने गरेको छ । भवन निर्माण सम्पन्न भएपछि १०० ब्राह्मण वटुकलाई राखी नित्य अखण्ड महायज्ञ, हवन र रुद्राभिषेक गरिने छ । हाल भवन निर्माण भइरहेकाले ३० ब्राह्मणले यज्ञ गरिरहेका छन् ।

निर्माण शुरु हुनुअघि ७५ ब्राह्मणले यज्ञ गर्ने गरेका थिए । विसं २०४२ मा पशुपति क्षेत्रमा यज्ञ गर्ने ब्राह्मणको अभाव नहोस् भनी गुरुकुलीय पद्दतिमा अध्यापन हुने गरी यो आश्रम स्थापना गरिएको हो ।

आश्रम स्थापनाका लागि पशुपतिनाथका तत्कालीन मूलभट्टले स्थान दिएको आचार्य पौडेलले बताए ।  कोष स्थापना हुनुअघि पशुपतिनाथका मूल अर्चकले राममन्दिर क्षेत्रको करीब १० रोपनी जग्गा विसं २०४० मा आश्रमलाई भोग गर्न दिएको जनाइएको छ ।

त्यहाँ बनेको पुराना संरचनामै एक तला उठाएर आधुनिक भवन बनाइएको स्वामी भागवतानन्दका उत्तराधिकारी स्वामी ध्रुवश्रीले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको स्वीकृति र पुरातत्व विभागको अनुमति लिएर भवन बनाइएको हो । भारतवर्षका विभिन्न स्थानबाट आउने सन्तलाई राख्नसमेत उपयोग होस् भन्ने उद्देश्यले भवन बनाइएको हो ।

पशुपति क्षेत्रमा नित्य वेदध्वनि गुञ्जायमान होस् भन्ने उद्देश्यले स्वामी भागवतानन्द गिरीले २०४२ देखि नै आश्रमसँगै गुरुकुल पनि सञ्चालनमा ल्याउनुभएको हो । भवन निर्माण सम्पन्न भएपछि आश्रम एवं गुरुकुल सञ्चालनका लागि स्थान अभाव नहुने आश्रमले जनाएको छ । नयाँ भवनको बाहिरी काम सकी भित्री साजसजावटको काम भइरहेको छ ।

स्वामी भागवतानन्द गिरीकै सक्रियतामा उमाकुण्डमा पनि विसं २०१६ देखि अखण्ड यज्ञ सञ्चालन भइरहेको छ । उमाकुण्डमा भने ११ जना ब्राह्मणले नित्य यज्ञ चलाउने गरेको आश्रमले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ५९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा