प्रधानमन्त्री ओलीले 'जे मन लाग्यो त्यही, गर्नै नहुने' काम गर्न थाले : अध्यक्ष दाहाल (भिडियोसहित) | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले ‘जे मन लाग्यो त्यही, गर्नै नहुने’ काम गर्न थाले : अध्यक्ष दाहाल (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ‘जे मन लाग्यो त्यही र गर्नै नहुने काम मात्रै गर्न थालेको आरोप लगाएका छन् ।

बुधबार बहिर्गमित जनमुक्ति सेनाको भेलालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेत्तृत्वको सरकारलाई ‘जंगली’को संज्ञा दिँदै जे मन लाग्यो त्यही र गर्नै नहुने काम गर्न थालेको आरोप लगाएका हुन ।

उनले आज भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण गर्नै नहुने काम भएको बताए ।

‘अहिले सरकारले जे मन लाग्यो त्यही गर्न थालेको छ । बरु पहिले हामी बिधी, पद्धति, दर्शनमा थियौं । तर, हामीलाई केही मान्छेले जंगली भन्थे । हामी जंगली त थिएनौं । जनताको काखमा थियौं । अहिले केपी ओलीको सरकार चाहीँ जंगली भयो,’ प्रचण्डले भने, ‘न संविधान मान्छ । न विधिपद्धति मान्छ । सबै तोडेर असंवैधानिक रूपमा संवैधानिक परिषद्को शथपग्रहण गराए । गर्नै नहुने काम गरे ।’

हेरौँ भिडियो

सम्बोधनकै क्रममा उनले पूर्व जनमुक्ति सेनाहरुलाई हरेक पार्टी कमिटीमा स्थापित गर्न नसक्नु कमजोरी भएको बताए । उनले जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने प्रतिवद्धता पनि जनाए ।

उहाले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको आरोप लगाए । ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको उनले आरोप लगाए ।

हिजो बहिर्गमित जनमुक्ति सेना र उनीहरुको परिवारलाई वृद्धि विकास गरौँ भन्दा लाठीचार्ज र प्रचण्डको चेलाचपेटा भन्दै बेवास्ता गर्ने ओलीले अहिले पार्टी फुटेपछि चाहिँ तिनै बहिर्गमित जनमुक्ति सेना खोज्न थालेको प्रचण्डले आरोप लगाए ।

उनले ओलीले अहिले आफूलाई समेत जोडेर ‘कालीबहादुर खाम कहाँ छन्, प्रचण्डले हेरेको छ ?’ भनेर भन्ने गरेको सुनेको भन्दै ‘के केपीले हेर्छन् जस्तो लाग्छ ?’ भनेर प्रश्न समेत गरेका थिए ।

उनले आफूहरु प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले बताए । प्रधानमन्त्रीको कदमलाई प्ररास्त गर्ने र मुलुकलाई सही ट्रयाकमा ल्याउने उनले दाबी गरे ।

उनले ओली नेतृत्वको सरकारलाई १० महिनामै पराजित गर्ने समेत बताए। उनले त्यसपछि पूर्व जनमुक्ति सेनालाई सम्मान र पुरस्कृत गर्ने बताए। उनले बहिर्गमित जनमुक्ति सेनाको एउटै कमिटी बनाउन आग्रह समेत गरे।

‘मैले हिम्मत हारेको छैन । पहिला त हामीले १० वर्ष लडेका हौँ । तर अहिले पर्दैन, १० महिना पनि पर्दैन । हामीले जित्छौँ र जित्नैपर्छ, आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गर्दछु,’ उनले भने ।

कार्यक्रममा पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरुले आफ्नो समस्याका बारेमा अध्यक्ष दाहाललाई अवगत गराएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ०४ बजे

माधव नेपालले भने : राष्ट्रलाई हानी हुने काम गरेको छैन

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

मुलुच्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुलुच्का उठाएर सहकारीको कोठा

लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी – लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू

विश्व वातावरण दिवस : नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर – साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल

मुख्यमन्त्री सिंह र एडिबी टोलीको भेटमा के भयो कुराकानी ?

जनकपुर – मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्याङ्कन अन्तिम