आत्मालोचना गरी पार्टीमा फर्कन ‘दाहाल-नेपाल’ समूहलाई गृहमन्त्रीको आग्रह (भिडियोसहित) « Khabarhub

आत्मालोचना गरी पार्टीमा फर्कन ‘दाहाल-नेपाल’ समूहलाई गृहमन्त्रीको आग्रह (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन ।

बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ भेलालाई सम्बोधन गर्दै उनले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन ।

हेरौँ भिडियो

गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको समेत दाबी गरे ।

उनले आफुहरु नै आधिकारिक नेकपा भएको भन्दै नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिए । गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अब पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : १९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं