बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न : जनतालाई किन दुःख दिनुपर्‍यो ? (भिडियोसहित) « Khabarhub

बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न : जनतालाई किन दुःख दिनुपर्‍यो ? (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ‘ल्याप्चे लगाउन’ आफ्नै दलका नेताहरु गएको आरोप लगाएका छन।

बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन ।

ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै अहिले उनीहरुको मुकुण्डो खुइलिएको तर्क गरे ।

उनले जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको बताए । जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न समेत उलने सुझाव दिए ।

‘जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्‍यो ?’,ओलीले प्रश्न गर्दै जनताले बन्द नभई निर्वाचन चाहेको बताए ।

‘बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्’, उनले भने ।

हेरौँ भिडियो

ओलीले मुलुक निर्वाचनमय भइसकेको भन्दै अब तोकिएको समयमा निर्वाचन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा छँदासम्म भूमिहीन सुकुम्वासीहरूको समस्या समाधान गर्न अवरोध गरेको समेत आरोप लगाए ।

उनले पुनः आयोग गठन गरेको बताउँदै भने, ‘पार्टी छोडेर माधव नेपाल पाटीमा गएपछि बल्ल आयोग पूरा भो र काम गर्न सुरु भो ।’

उनले नेताहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसालले जुनसुकै विषयमा छलफल गर्नुपर्ने भन्दै काम गर्न नदिएको आरोप समेत लगाए ।

‘उनीहरुले अहिले पार्टी छाडे । उनीहरुको पाटीको बास हुन थालेपछि आयोग बन्यो। । अब काम गर्छ’,उनले भने ।

अब मुलुकमा भेदभाव र पक्षपात अन्त्य गरिने भन्दै सुकुम्वासीहरूको समस्या समाधान गर्ने आश्वासन दिए ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–नेपाल पक्ष पार्टी रक्षाको पक्षमा नभइ ओलीलाई देखाएर जनमत हत्याउने प्रयासमा रहेको बताए । उनले प्रधानमन्त्रीलाई सरकार र पार्टीमा काम गर्न नदिएकै कारण ताजा जनादेशमा जाने निर्णय गरिएको धारणा राखे ।

कार्यक्रममा सहभागी नेकपा ओली पक्षका नेताहरुले मुलुकलाई स्थीरता र विकासको बाटो तर्फ अघि बढाउन निर्वाचनमा जोड दिएको र जनताले आफूहरुलाई बहुमतका साथ विजयी गराउने बताएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ७ : १६ बजे

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।