आजबाट पुरुष तथा महिला भलिबल प्रतियोगिता | Khabarhub Khabarhub

आजबाट पुरुष तथा महिला भलिबल प्रतियोगिता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

हेटौँडा–४ लोकतान्त्रिक (हुप्र) चौरमा महिलातर्फ १० र पुरुषतर्फ १३ टोलीको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः रु ५० हजार र ३० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही रु दुई हजार ५००, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

कूल रु छ लाख लागतमा सञ्चालन हुने खेलमा हेटौँडा उपमहानगरपालिकाले रु दुई लाख ५० हजार र प्रदेश खेलकूद विकास परिषद्ले रु ३० हजार सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरी सङ्कलन गर्ने बताइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

जबरजस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं– मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी 

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ

काठमाडौं–  विश्वमा विभिन्न राज्यहरूको विकासको अवस्थाअनुसार त्यहाँ काम गर्ने मजदुरहरूको