आजबाट पुरुष तथा महिला भलिबल प्रतियोगिता « Khabarhub

आजबाट पुरुष तथा महिला भलिबल प्रतियोगिता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि हेटौँडा उपमहानगरपालिकाव्यापी नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन २२ गतेसम्म हेटौँडा उपमहानगरपालिकाका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

विसं २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकूद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

हेटौँडा–४ लोकतान्त्रिक (हुप्र) चौरमा महिलातर्फ १० र पुरुषतर्फ १३ टोलीको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जनाएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः रु ५० हजार र ३० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही रु दुई हजार ५००, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

कूल रु छ लाख लागतमा सञ्चालन हुने खेलमा हेटौँडा उपमहानगरपालिकाले रु दुई लाख ५० हजार र प्रदेश खेलकूद विकास परिषद्ले रु ३० हजार सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरी सङ्कलन गर्ने बताइएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई