सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी « Khabarhub

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखिको वार्ता जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतले जनाएको छ । सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।

मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षले आज बिहान साढे सात बजे औपचारिक वार्ता शुरू गरेको जनाइएको छ।

विप्लव समूहले वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहा तथा मुद्दा फिर्ताको विषय राखेको छ । यस विषयमा अहिले सघन छलफल भइरहेको स्रोतले जानकारी दियो । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो ।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा र डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको  संयोजकत्वमा  उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ५६ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै