सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी | Khabarhub Khabarhub

सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखिको वार्ता जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतले जनाएको छ । सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।

मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षले आज बिहान साढे सात बजे औपचारिक वार्ता शुरू गरेको जनाइएको छ।

विप्लव समूहले वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहा तथा मुद्दा फिर्ताको विषय राखेको छ । यस विषयमा अहिले सघन छलफल भइरहेको स्रोतले जानकारी दियो । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलवार साँझ काठमाडौँ आएको थियो ।

सरकारले गृहमन्त्री थापाको नेतृत्वमा र डा. राजन भट्टराई रहेको वार्ता टोली बनाएलगत्तै विप्लव समूहले पनि विश्वकर्माको  संयोजकत्वमा  उदय चलाउने सदस्य रहेको वार्ता टोली बनाएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ५६ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल