संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान तथा पुरस्कार « Khabarhub

संगीतकर्मी र पत्रकारलाई नातिकाजी सम्मान तथा पुरस्कार


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संगीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४ औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले संगीतकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र पत्रकार विदुर गिरी र श्याम स्मृतलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६’ बाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’ बाट गीतकारहरु बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणि देवकोटा, संगीतकारहरु राजु सिह, सुनिल मास्के, मदन सिह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, महेश खड्का र नारायण रायमाझी तथा वाद्यवादक राजु अग्रवाल सम्मानित भए ।

त्यसै गरी ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७६’ बाट गायक गायिकाहरु सुगम पोखरेल चेतन सापकोटा, प्राश्ना शाक्य र गीतकार दयाराम पाण्डे पुरस्कृत भए ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६’बाट संगीतकार वसन्त सापकोटा, गायक सुरजकुमार थापा, गीतकार हर्क साउद र गायिका मेलिना राई पुरस्कृत भए ।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार २०७६’ बाट वाद्यवादक जिवित जल्मी, ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७६’बाट शास्त्रीय संगीतकार विकासनाथ योगी, ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७६’बाट लोक गायक बद्री पंगेनी, ‘राष्ट्रिय सम्मान २०७६’बाट समाजसेवी नवराज केसी सम्मानित हुँदा बालगायिका ‘जारा रीत प्रसाई’लाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

संगीतकर्मी र पत्रकारहरुलाई राष्ट्रपपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सम्मानपत्र, नगद र खादासहित दोसल्ला ओढाएर पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : ३० बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र