राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी « Khabarhub

राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्त एकपटक पुनः चर्चामा आएकी छन् । उनको बारेमा हल्का किसिमका विवाद आइरहे पनि यसपटक भने अलिक गम्भीर किसिमको विवाद जोडिएको छ ।

एनबीटीका अनुसार दिल्लीस्थित एक बैंकका अवकाश प्राप्त कर्मचारीले राखी र उनका भाई राकेशविरुद्ध लाखौं रुपैंयाँ हिनामिनाको आरोप लगाउदै एफआइआर दर्ता गराएका छन् । ती व्यक्तिले राखी र उनका भाईले आफूसँग फिल्म बनाउन भन्दै ६ लाख रुपैंयाँ लिएर भागेको आरोप लगाएका छन् ।

राखीका भाइ राकेशले सन् २०१७ मा शैलेश श्रीवास्तव नामका एक अवकाश प्राप्त कर्मचारीसँग व्यापार गर्न भनी पैसा मागेका थिए ।

शैलेश र राकेशलाई राज खत्री नामका एक व्यक्तिले भेट गराएका थिए । राकेश र शैलेशले मिलेर एक फिल्म निर्माणको योजना बनाएका थिए ।

फिल्मको कथा बाबा गुरमीत राम रहिमको जिन्दगीमा आधारित थियो । यो फिल्मसँगै उनीहरु एक सर्ट फिल्म बनाउने योजना पनि थिए ।

शैलेशले दिएको उजुरीमा राखीका भाईले एक डान्स स्कुल खोल्ने पनि कुरा गरेको उल्लेख गरिएको छ । उनले आफू दिदी राखीलाई पनि लिएर स्कुलमा आउने भन्दै आफूबाट ६ लाख रुपैंयाँ लिएको उल्लेख गरेका छन् ।

शैलेशले राखी, राकेश र राजमाथि सम्झौतामा गलत हस्ताक्षर गरेको आरोप पनि लगाएका छन् । शैलेशले आफूले राखीलाई कैयौं पटक फोन गरे पनि उनले फोन नउठाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ०० बजे

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको