राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी « Khabarhub

राखीसहित तीनविरुद्ध आर्थिक हिनामिनाको उजुरी


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्त एकपटक पुनः चर्चामा आएकी छन् । उनको बारेमा हल्का किसिमका विवाद आइरहे पनि यसपटक भने अलिक गम्भीर किसिमको विवाद जोडिएको छ ।

एनबीटीका अनुसार दिल्लीस्थित एक बैंकका अवकाश प्राप्त कर्मचारीले राखी र उनका भाई राकेशविरुद्ध लाखौं रुपैंयाँ हिनामिनाको आरोप लगाउदै एफआइआर दर्ता गराएका छन् । ती व्यक्तिले राखी र उनका भाईले आफूसँग फिल्म बनाउन भन्दै ६ लाख रुपैंयाँ लिएर भागेको आरोप लगाएका छन् ।

राखीका भाइ राकेशले सन् २०१७ मा शैलेश श्रीवास्तव नामका एक अवकाश प्राप्त कर्मचारीसँग व्यापार गर्न भनी पैसा मागेका थिए ।

शैलेश र राकेशलाई राज खत्री नामका एक व्यक्तिले भेट गराएका थिए । राकेश र शैलेशले मिलेर एक फिल्म निर्माणको योजना बनाएका थिए ।

फिल्मको कथा बाबा गुरमीत राम रहिमको जिन्दगीमा आधारित थियो । यो फिल्मसँगै उनीहरु एक सर्ट फिल्म बनाउने योजना पनि थिए ।

शैलेशले दिएको उजुरीमा राखीका भाईले एक डान्स स्कुल खोल्ने पनि कुरा गरेको उल्लेख गरिएको छ । उनले आफू दिदी राखीलाई पनि लिएर स्कुलमा आउने भन्दै आफूबाट ६ लाख रुपैंयाँ लिएको उल्लेख गरेका छन् ।

शैलेशले राखी, राकेश र राजमाथि सम्झौतामा गलत हस्ताक्षर गरेको आरोप पनि लगाएका छन् । शैलेशले आफूले राखीलाई कैयौं पटक फोन गरे पनि उनले फोन नउठाएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ०० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,