आमिरको ‘ठग्स अफ हिन्दुस्तान’विरुद्ध कानूनी पत्र « Khabarhub

आमिरको ‘ठग्स अफ हिन्दुस्तान’विरुद्ध कानूनी पत्र


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान विवादमा तानिएका छन् । दुई वर्ष अघि रिलिज आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर आमिरसँगै फिल्मसँग जोडिएका ४ व्यक्तिका विरुद्ध कानूनी नोटिस जारी गरिएको छ । सबैमाथि एक जाति विशेषको अपमान गरेको आरोप लागेको छ ।

जीन्यूजमा प्रकाशित समाचार अनुसार फिल्ममा मल्लाह जातिलाई अपमान गरेको आरोपमा जौनपुरका जिल्ला एवं सत्र न्यायधीश मदनपाल सिंहको अदालतले मंगलबार फिल्मका प्रमुख अभिनेता आमिर तथा निर्माता आदित्य चोपडाका विरुद्ध कानूनी पत्र जारी गरेका हुन् । पत्रमा यो मामलामा आगामी सुनुवाई अप्रिल ८ मा हुने जनाइएको छ ।

जौनपुर कोर्टमा हंसराज चौधरीले आमिरसहित ८ विरुद्ध याचिका दर्ता गराएका थिए । उनले निर्देशक विजय कृष्णा, अभिनेता आमिर र निर्माता आदित्यविरुद्ध फिल्म रिलिज लगत्तै उजुरी दर्ता गराएका थिए ।

उनले फिल्ममा मल्लाह जातिलाई फिरंगी र ठग जस्ता शब्दले सम्बोधन गरेर पूरा मल्लाह जातिको छविमा असर पुर्‍याएको
आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,