आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने « Khabarhub

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आगलागीबाट पीडित पाँचजना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई उक्त बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

यस्तै राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाइने निर्णय भएको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले मेरिङदेन गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको हो । यसैबीच आज नै प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली राहत लिएर आगलागी क्षेत्रमा आउने बताइएको छ ।

अहिले दिउँसो केही रातका प्याकेज लिएर मुख्यमन्त्री शेरधन राईसहितको टोली आउने प्रजिअ पाण्डेले जानकारी दिए । यता पीडित परिवारको दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा समेत योजना बनाएर अघि बढ्ने तयारी भएको छ ।

मङ्गलबार बिहान ९ बजेदेखि भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए । आगलागी भएका घरमा डेरा बस्नेसमेत गरी ५५ परिवार विस्थापित बनेको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ ।

क्षतिको थप विस्तृत विवरण सङ्कलन भइरहेको मेरिङदेन गाउँपालिकाले जनाएको छ । पीडित परिवारलाई तत्कालका लागि आवास र खाद्यान्नको व्यवस्थापन मेरिङदेन गाउँपालिका, उद्योग वाणिज्य सङ्घ र रेडक्रसले मिलाएका छन् ।

आगलागीको क्षति विवरण सङ्कलन शुरु
आगलागीको क्षति विवरण सङ्कलन शुरु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्नका लागि गाउँपालिकाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको गाउँपालिका—३ का वडाध्यक्ष गरेणशप्रसाद भण्डारीले बताए ।

उनले भने, “गाउँपालिकाले विवरण सङ्कलन गर्न समितिलाई जिम्मा दिएका छौँ । कहिले सम्ममा क्षतिको विवरण सर्वजानिक गर्नहुन्छ ।” विवरण सर्वजनिक नभएसम्म आगलागी भएको बजारमा अनावश्यक प्रवेश निषेध गरिएको भण्डारीले जानकारी दिए ।

११ बजेबाट विवरण सङ्कलन कार्य भइरहेको विवरण सङ्कलन समिति संयोजक तथा मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए । उनले भने, “हामी क्षति विवरण सङ्कलन समिति सङ्कलनमा लागिपरेका छौँ । बेलुकीको ५ बजेसम्ममा सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गर्छौं ।”

आगलागी विस्थापित परिवारलाई मेरिङदेन गाउँपालिकाले प्रतिपरिवार १५ हजारका दरले नगद राहत मङ्गलबार बेलुका नै वितरण गरेको वडाध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।

त्यस्तै नेपाल रेडक्रस ताप्लेजुङ र उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले खाद्यान तथा कपडा वितरण गरेको भण्डारीले जानकारी दिए । विस्थापित परिवार नजीकको छिमेकीमा बस्ने व्यवस्था मिलाएर बसेको भण्डारीले जानकारी दिए ।

अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको ताप्लेजुङ प्रहरी कार्यालय प्रमुख बालरनसिंह राणाले जानकारी दिए । आगलागीबाट ५० घर जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ३७ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर