अनुराग र तापसीको घरमा आयकरको छापा « Khabarhub

अनुराग र तापसीको घरमा आयकरको छापा


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो प्रोडक्सन हाउसको संस्थापक हुन् भने अनुराग कश्यप यसका मालिक हुन् । यद्यपि अभिनेत्री तापसीको घरमा छापा मार्नुको कारण खुलेको छैन ।

भारतको मुम्बई र पुणेका २२ स्थानमा आयकर विभागले कर छलीको आशंकमा छापामारी रहेको छ । यी कलाकारविरुद्ध ठूलो मात्रामा आयकर छलीको आरोप छ ।

उनीहरुको मुम्बई र मुम्बई बाहिर रहेका स्थानमा छापा मार्ने काम सुरु गरिएको छ । यो छापा मार्ने अभियानमा यी कलाकार भन्दा ठूला कलाकारको नाम पनि जोडिन सक्ने अवस्था आइरहेको बताइएको छ ।

सामाजिक सञ्जालमा अनुराग र तापसी निकै सक्रिय छन् । दुवैले ‘साण्डकी आँख’ र ‘ममर्जियाँ’ जस्ता सफल फिल्म एकसाथ बनाइसकेका छन् । फिल्म ‘दोबारा’मार्फत दुवैजना पुनः एकपटक दर्शकमाझ आउदैछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ०० बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले