रियातिर फिल्म निर्माताको नजर « Khabarhub

रियातिर फिल्म निर्माताको नजर


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री रिया चक्रवर्ती पुराना कुरालाई बिर्सिएर दह्रो मन लिएर आफ्नो जिन्दगीलाई अगाडि बढाइरहेकी छन् । उनको यो काममा बलिउडका ठूला स्टारहरुले समर्थन गरिरहेका छन् ।

सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि रिया र उनको परिवार जुन पीडादायक अवस्थाबाट गुज्रियो, त्यसलाई बिर्सिएर अगाडि बढ्न उनीहरुलाई सजिलो थिएन । तर चक्रवर्ती परिवार अहिले भने त्यो पीडालाई बिर्सदै विस्तारै अघि बढिरहेका छन् ।

आफ्नो करियरलाई पुनः पहिलाकै बाटोमा लैजानका लागि रिया निकै उत्साहित छिन् । यद्यपि उनको कमब्याक फिल्म ‘चेहरे’को पोस्टरमा उनको अनुहार नदेखिदा भने रिया निराश बनेकी छन् ।

यतिबेला बलिउडका कैयौं फिल्म निर्माताहर रियासँग सहकार्य गर्न इच्छुक छन् । बलिउड हंगामा प्रकाशित समाचारअनुसार रियाको सुन्दरता र प्रतिभाले फिल्म निर्मातालाई आकर्षित गरिरहेको छ ।

‘उनी जमानतमा छिन्, तर पनि उनीसँग सहकार्य गर्न मलाई कुनै समस्या छैन । यदि सञ्जय दत्त आफ्नो जमानतका समयमा पनि व्यस्त हुन्छन् भने यी युवती आफ्नो काम किन गर्न सक्दिनन् ? रिया र उनको परिवारले विगतका दिनमा के मात्र सहेनन् । एक वर्षअघिको तुलनामा सबै पीडाले उनलाई एउटा राम्रो अभिनेत्री बनाएको छ’, एक निर्माताले भनेका छन् ।

फिल्म निर्माता रुमी जाफरीले आफ्नो फिल्म ‘चेहरे’मा रियालाई अभिनय गराएका छन् । यिनै रुमी रियालाई लिएर अर्को नयाँ फिल्म बनाउने योजनामा छन् ।

‘म जहिल्यै पनि यो कुरामा अडिग छु कि रिया निर्दोष पीडित हुन् । उनी र उनको परिवार यो पीडाको हकदार थिएनन्, जुन उनीहरुले झेले । रियाको पिताले कैयौं वर्षसम्म देशको सेवा गरे । मैले रियासँग फिल्म ‘चेहरे’मा काम गरें, जुन फिल्म सुशान्तको मृत्यु अघि नै बनेको थियो । म लकडाउनपछि निर्माता वाशु भगनानीद्वारा निर्मित फिल्मका लागि सुशान्त र रियालाई लिएर एक प्रेमकथाको फिल्मको सुटिङको लागि लण्डन जाने तयारीमा थिए । तर भगवानले यसो गर्न दिएनन्’ रुमीले भनेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,