प्रधानमन्त्री पद पाए नभाग्ने कांग्रेस सभापति देउवाको स्पष्टोक्ति « Khabarhub

प्रधानमन्त्री पद पाए नभाग्ने कांग्रेस सभापति देउवाको स्पष्टोक्ति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने बताएका हुन् । साथै उनले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको पनि बताए ।

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

उनले आफूहरूले प्रधानमन्त्री पद पाए पार्टीलाई नै फाइदा हुने दाबी समेत गरे ।

बुधवार कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले दाहाल–नेपाल समूहको नेकपासँग मिलेर सरकारमा जाने धारणा व्यक्त गरेका थिए ।

तर‍, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत केही नेताले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : ४२ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय

रास्वपा केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख