बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

बुधबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बुधबार थप ८७ जनामा कोरोना पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ ।

त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७० हजार ६०५ जनाले कोरोना जितेका छन् ।

त्यस्तै मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पुन अद्यावधिक गरेको छ । जसअनुसार थप २३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार १० पुगेको छ ।

नेपालमा हाल ७६६ जना आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ७३ हजार ५११ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ३१ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले