अञ्जु दाहालको न्यायको माग गर्दै जावलाखेलमा प्रदर्शन « Khabarhub

अञ्जु दाहालको न्यायको माग गर्दै जावलाखेलमा प्रदर्शन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालकको लापरवाहीका कारण जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै बिद्यार्थीहरुले बुधबार ललितपुरको जावलाखेलमा प्रदर्शन गरेका छन् ।

एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा ठक्कर दिएपछि गाडीले ब्याक गरेर सहकर्मीको ज्यान लिएको भन्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

बुधबार बिहान स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको थियो । न्यायको माग गर्दैै जावलाखेल चोकमा सडकै छेकेर विरोध गर्नु परेको बिद्यार्थीहरुले बताएका छन् ।

दाहाल सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी थिइन् । घटनापछि जिप चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : २२ बजे

इजलासमा कानुन व्यवसायीको बहस : रविलाई चोख्याउन जीबीलाई पनि उन्मुक्ति दिइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्धको सम्पत्ति

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ