सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता | Khabarhub Khabarhub

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल नेकपाबीच दोस्रो चरणको वार्ता भएको छ । सरकार र विप्लव समूहबीच एकैदिन दुईपटक वार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान कडा सुरक्षाबीच वार्ता भएको थियो । त्यसपछि खाना खानका लागि केही समय रोकिएको वार्ता अहिले अपरान्ह पुनः शुरु भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको जानकारी दिए । उनले वार्ता विषयकेन्द्रित रहेको समेत बताए ।

उनका अनुसार दुवै पक्ष समान धारणा नजिक पुगेको र वार्ता छिट्टै सकारात्मक निष्कर्षमा अपेक्षा गरिएको छ ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने छन् । दुवै पक्षले मंगलबार वार्ता टोली गठन गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ५६ बजे

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको