सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता « Khabarhub

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल नेकपाबीच दोस्रो चरणको वार्ता भएको छ । सरकार र विप्लव समूहबीच एकैदिन दुईपटक वार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान कडा सुरक्षाबीच वार्ता भएको थियो । त्यसपछि खाना खानका लागि केही समय रोकिएको वार्ता अहिले अपरान्ह पुनः शुरु भएको हो ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको जानकारी दिए । उनले वार्ता विषयकेन्द्रित रहेको समेत बताए ।

उनका अनुसार दुवै पक्ष समान धारणा नजिक पुगेको र वार्ता छिट्टै सकारात्मक निष्कर्षमा अपेक्षा गरिएको छ ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने छन् । दुवै पक्षले मंगलबार वार्ता टोली गठन गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ५६ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले