भारतीय सामानको उपयोग गर्न प्रधानमन्त्री मोदीको आग्रह « Khabarhub

भारतीय सामानको उपयोग गर्न प्रधानमन्त्री मोदीको आग्रह


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले आत्मनिर्भर भारतका लागि पहल गर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले आत्मनिर्भरता भारतीय सरकारको नीति मात्र नभई राष्ट्रिय भावना रहेको बताउँदै सम्पूर्ण देशवासीले गर्व गर्नसक्ने बिषय बन्ने भन्दै यो केवल आर्थिक अभियान मात्र नभएर राष्ट्रिय भावना पनि भएको बताए ।

मोदीले आफ्नो मासिक रेडियो सम्बोधनका क्रममा भारतले लडाकू विमानको निमार्णदेखि भ्याक्सिन उत्पादनसम्मको उपलब्धिहरूको उल्लेख गरेका थिए।

प्रधानमन्त्री मोदीले आफ्नो आत्मनिर्भर भारतको अभियानको निरन्तरता रहने भन्दै आम नागरिकले पनि भारतीय उत्पालनमा जोड दिनुपर्ने बताए ।

उनले क्याच द रेन अभियानको घोषणा गर्दै भारतीय नागरिकहरुलाई वर्षायामको १०० दिनसम्म पानीको संरक्षण गर्न आह्वान पनि गरे ।

उनले वर्षाको पानी संकलन प्रणालीको मर्मत गर्ने, गाउँहरूमा ताल र पोखरी सफा गर्ने, पानीको स्रोतका अवरोधहरू हटाउने, अधिकतम वर्षाको पानी संरक्षण गर्न सक्षम हुने जस्ता उपलब्धी हासील गर्नु क्याच द रेन अभियानको लक्ष्य रहेको बताए ।

–हिन्दुस्तान टाइम्सबाट

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : १४ बजे

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका