झापामा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

झापामा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा तीनवटा सवारीसाधन ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–४ सुरुङ्गास्थित कोटीहोम नजिकै बुधबार दिउँसो भएको दुर्घटनामा छ जना घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ ।

ग्यास बोकेको ट्रक, कार र मोटरसाइकल आपसमा ठोक्किँदा कार चालकसहित कारमा सवार युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाका अनुसार कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर ज्यान गएको हो ।

उनीहरूको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार र प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइते भएका छन् । उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ३७ बजे

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा

भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा