झापामा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

झापामा तीन सवारी ठोक्किँदा दुई जनाको मृत्यु


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गामा तीनवटा सवारीसाधन ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

कनकाई नगरपालिका–४ सुरुङ्गास्थित कोटीहोम नजिकै बुधबार दिउँसो भएको दुर्घटनामा छ जना घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ ।

ग्यास बोकेको ट्रक, कार र मोटरसाइकल आपसमा ठोक्किँदा कार चालकसहित कारमा सवार युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाका अनुसार कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षीय दिलीप राना मगर ज्यान गएको हो ।

उनीहरूको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार र प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइते भएका छन् । उनीहरूको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ३७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित