मे को अन्त्यसम्म सबै अमेरिकी वयस्कले कोरोना खोप पाउने राष्ट्रपति बाइडेनको प्रतिबद्धता « Khabarhub

मे को अन्त्यसम्म सबै अमेरिकी वयस्कले कोरोना खोप पाउने राष्ट्रपति बाइडेनको प्रतिबद्धता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनाको अन्त्यसम्ममा अमेरिकाका सबै वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

कारोना खोप अभियानलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको बताउँदै बाइडेनले खोप लगाउन मानिसहरूलाई आकर्षित गर्नुपर्ने बताए ।

कोरोना भाइरसको नयाँ प्रजाति देखिनु थप चुनौती भएको उल्लेख गर्दै उनले यो लडाईं चाँडै समाप्त नहुने बताए ।

राष्ट्रपति बाइडेनले औषधि उत्पादक कम्पनी मेर्कले अब जोन्सन एण्ड जोन्सनको सिंगल डोज भएको कोरोना खोप बनाउन सहयोग गर्ने पनि जानकारी दिए । यसअघि मेर्कले पनि कोरोना खोप बनाउने प्रयास गरेको थियो । तर, पछि उक्त कार्यलाई मेर्कले छाडिदिएको थियो ।

अमेरिकाका केही राज्यहरूले अर्थव्यवस्थालाई पुनः पुरानै गतिमा ल्याउन कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध फुकुवा गर्दै गएका छन् ।

अमेरिकामा कोरोना संक्रमणको दर पछिल्लो समय कम हुँदै गएको देखिएको छ । अहिले सरदर दैनिक ६८ हजार संक्रमित फेला परिरहेका छन् । गत जनवरी महिनामा दैनिक साढे दुईदेखि तीन लाख जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिलेसम्म अमेरिकामा साढे सात करोड मानिसले कोरोना खोप पाइसकेका छन् । दैनिक १७ लाख बढी मानिसले खोप लगाइरहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ५९ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल