मे को अन्त्यसम्म सबै अमेरिकी वयस्कले कोरोना खोप पाउने राष्ट्रपति बाइडेनको प्रतिबद्धता « Khabarhub

मे को अन्त्यसम्म सबै अमेरिकी वयस्कले कोरोना खोप पाउने राष्ट्रपति बाइडेनको प्रतिबद्धता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनाको अन्त्यसम्ममा अमेरिकाका सबै वयस्क नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

कारोना खोप अभियानलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको बताउँदै बाइडेनले खोप लगाउन मानिसहरूलाई आकर्षित गर्नुपर्ने बताए ।

कोरोना भाइरसको नयाँ प्रजाति देखिनु थप चुनौती भएको उल्लेख गर्दै उनले यो लडाईं चाँडै समाप्त नहुने बताए ।

राष्ट्रपति बाइडेनले औषधि उत्पादक कम्पनी मेर्कले अब जोन्सन एण्ड जोन्सनको सिंगल डोज भएको कोरोना खोप बनाउन सहयोग गर्ने पनि जानकारी दिए । यसअघि मेर्कले पनि कोरोना खोप बनाउने प्रयास गरेको थियो । तर, पछि उक्त कार्यलाई मेर्कले छाडिदिएको थियो ।

अमेरिकाका केही राज्यहरूले अर्थव्यवस्थालाई पुनः पुरानै गतिमा ल्याउन कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध फुकुवा गर्दै गएका छन् ।

अमेरिकामा कोरोना संक्रमणको दर पछिल्लो समय कम हुँदै गएको देखिएको छ । अहिले सरदर दैनिक ६८ हजार संक्रमित फेला परिरहेका छन् । गत जनवरी महिनामा दैनिक साढे दुईदेखि तीन लाख जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिलेसम्म अमेरिकामा साढे सात करोड मानिसले कोरोना खोप पाइसकेका छन् । दैनिक १७ लाख बढी मानिसले खोप लगाइरहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ५९ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त