पर्यटनमन्त्री र भारतका लागि नेपाली राजदूतबीच भेटवार्ता « Khabarhub

पर्यटनमन्त्री र भारतका लागि नेपाली राजदूतबीच भेटवार्ता


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेटगरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गरेका हुन् ।

उनले भौगोलिकरुपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्रीसमक्ष अनुरोध गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए ।

जवाफमा पर्यटनमन्त्री ढकालले कोभिडपछिको अवस्थामा भारतीय पर्यटकको आगमनलाई सहज तुल्याउन आफू गम्भीरतापूर्वक लागिपरेको बताए ।

उनले विदेशी पर्यटकका निम्ति कायम गरिएको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाएर आगमनलाई सहज बनाउनेगरी मन्त्रालयले निर्णण गरि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा लगिसकेको बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ०५ बजे

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना

ग्यास उद्योग परिसरमै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित अवस्थाका कारण पेट्रोलियम