पाँच सचिवले गरे अरुण तेस्रोको एकैसाथ स्थलगत अनुगमन « Khabarhub

पाँच सचिवले गरे अरुण तेस्रोको एकैसाथ स्थलगत अनुगमन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र पावर हाउस निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

गृहसचिव महेश्वर न्यौपाने, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेका हुन् ।

उनीहरूले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए ।

अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका सिइओ अरुण धिमानले विद्युत गृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र पावरहाउसका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराए । उनले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने पनि बताए ।

गृहसचिव न्यौपानेले आयोजना निर्माणमा कसैले अवरोध गर्नु नहुने बताए ।

अरुण तेस्रोका लागि सेना, प्रहरी र सशस्त्रले सुरक्षा दिइसकेको पनि जानकारी दिए । “स्थानीयस्तरमा देखिएको समस्यालाई लगानी बोर्डमार्फत समाधान गर्नेछौँ”,उनले भने, “स्थानीयको माग गाउँपालिकामार्फत लगानीबोर्डमा आए छिट्टै समाधान हुन्छ ।”

चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित पावरहाउससम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ ।

छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८ दशमलव ६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ । परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गर्नुभएको थियो ।

बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युत्–गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : ०० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर