गौतम बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग



काठमाडौँ- पशुयज्ञको विशाल आयोजना भइरहेको थियो । टिलिक्क टल्केको तलबार बोधेर क्रूर बधिक आदेशको प्रतीक्षामा थियो । त्यसै बेला तथागत गौतम बुद्ध प्रवेश गरे । राजा अजातशत्रुले उनलाई ढोग गरे । तथागतले एउटा सिन्का दिएर भने— राजन, यसलाई भाँचेर देखाउनुहोस् ।

अज्ञातशत्रुले त्यसलाई दुई टुक्रा पारे ।

तथागतले भने— राजन अब यी टुक्रालाई जोड्नुहोस् ।

यस्तो कसरी सम्भव छ, भगवान् ?’ अज्ञातशत्रुले सोधे ।

हो, सिन्कालाई जोड्न सम्भव छैन । त्यसैले कसैमा प्राण हाल्न सक्दैनौँ भने तिमीलाई कसैको प्राण हरण गर्ने अधिकार पनि छैन । आफ्ना पाप कर्मलाई यी निरीह, निर्दोष र मूक प्राणीको बलिबाट मेटाउन सकिँदैन । पशु हिंसाबाट तिम्रो पापमा वृद्धि हुनेछ । जुन प्राण हामीमा छ, त्यही यिनमा पनि छ । प्राणी मात्रलाई आफू समान सम्झेर व्यवहार गर्नु धर्म हो ।’

बुद्धका कुरा सुनेर अज्ञातशत्रुले पशुलाई छाडिदिए ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ५ : १९ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु