युक्रेनमा महिलाको अवकास उमेर बढ्यो « Khabarhub

युक्रेनमा महिलाको अवकास उमेर बढ्यो


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युक्रेनमा महिलाको अवकास उमेर वृद्धि गरिएको छ ।

नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् ।

सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकास पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो ।

युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकास दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो ।

महिलाको पनि अवकास उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।

सरोकारवालाहरुको सुझाव र आग्रहलाई ध्यान दिँदै महिलाको अवकास उमेर वृद्धि गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्याङ्क अनुसार युक्रेनमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या धेरै रहेको छ ।

पछिल्लो विवरण अनुसार महिलाको जनसङ्ख्या दुई करोड २४ लाख रहेको छ भने पुरुषको जनसङ्ख्या एक करोड ९३ लाख रहेको छ ।

तीमध्ये एक करोड ७६ लाखभन्दा बढी मानिस काम गर्ने समूहका रहेका छन् । ती मध्ये ४७.६ प्रतिशत महिला रहेका छन् ।

युक्रेनमा १५ बर्षभन्दा बढी उमेर भएकालाई काम गर्न सक्ने उमेर समूहमा राख्ने गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : १७ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, तीन जना घाइते

सर्लाही– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको

एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर

मुस्ताङमा ३९ मतदान केन्द्र कायम, चुनावमा हिमपातको डर

मुस्ताङ– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा

आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं– संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता

भोजपुर– जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान