१६५ निर्वाचन क्षेत्रमा एकसाथ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

१६५ निर्वाचन क्षेत्रमा एकसाथ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ १६५ निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उनले  संघीय निर्वाचन क्षेत्रमा एक-एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

बालुवाटारबाट बिहान ११ बजे डिजिटल स्वीच थिचेर प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक निर्माण तय गरिएको हो ।

यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अन्तर्गत भएको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ०१ बजे

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल