१६५ निर्वाचन क्षेत्रमा एकसाथ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली « Khabarhub

१६५ निर्वाचन क्षेत्रमा एकसाथ सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओली


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकसाथ १६५ निर्वाचन क्षेत्रमा सडक शिलान्यास गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उनले  संघीय निर्वाचन क्षेत्रमा एक-एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

बालुवाटारबाट बिहान ११ बजे डिजिटल स्वीच थिचेर प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक निर्माण तय गरिएको हो ।

यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रम अन्तर्गत भएको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ०१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १