गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण « Khabarhub

गैंडा गणनामा प्रयोग भएका हात्तीमाथि आक्रमण


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रका गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बरालले जानकारी दिए । उनको घाटी कम्मर, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।

गैंडाको गणनाका लागि हिजो निकुञ्जको टोली पश्चिम क्षेत्रको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो । गणनामा ३० वटा हात्ती प्रयोग गरिएको थियो । ती मध्ये गणनामा प्रयोग भएका तीन हात्ती सम्पर्क बिहीन भएको समेत बरालले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ११ : २९ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक